site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनका निम्ति इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ ।

सोमबार समिति र प्रालिका अधिकारीबीच पाँच वर्षका निम्ति दुई करोड ८८ लाख रुपैयाँ रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । करार सम्झौतापत्रमा समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि सञ्चारकर्मीसँग समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालनको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताए ।

प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौती रहे पनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताए । उनले आफूहरूले दिने सेवा स्तरीय बनाउन प्रयास गर्ने उल्लेख गरे ।

समितिले गएको साउन ९ गते टेन्डर आह्वान गरेको थियो । ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवाले आवेदन दिएका थिए । समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको अनुमति दिएको जनाइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro