काठमाडौं । प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो ।
नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत मुख्य भूमिकामा छन् ।
राजेश बंशल निर्माता रहेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । अझै पनि यो चलचित्र केही हलमा प्रदर्शनरत छ ।
आफ्नो पहिलो चलचित्रले नै ५१ औं दिन मनाएकोमा प्रकाशले खुसी व्यक्त गर्दै आफ्ना लागि यो अविश्मरणीय रहेको उनले बताएका छन् । आफूलाई विश्वास गरेर अवसर दिएकोमा उनले निर्माता र निर्देशकलाई धन्यवाद समेत दिएका छन् ।
प्रकाश आफैँ पनि चलचित्र निर्माण तथा निर्देशनको तयारीमा छन् ।