site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै
फाइल तस्बिर ।

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत र रङरोगन सुरु गरिँदै छ ।

भारतीय पक्षसितको समन्वयमा यसअघि नापी विभागले सीमास्तम्भ मर्मत र रङरोगन गर्दै आएको थियो । योपटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।

Dabur Nepal
NIC Asia

सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बंगग्राकटान र कञ्चनपुरको डोकेबजारबाट मर्मत–सम्भारको काम सुरु गरिने जानकारी दिए ।

“सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दै छ,” उनले भने, “विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ ।”

कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य गर्नेछ ।

यस्तै, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु गरिने जानकारी दिए ।

“कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६ वटा सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्नेछ,” प्रहरी उपरीक्षक रावलले भने, “त्यसका लागि सरकारले नापी विभागबाट समेत एकजना प्रतिनिधि खटाएको छ ।”

उनले वि.सं. २०१४ पछाडि बनाइएका सीमास्तम्भ मात्र मर्मत–सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताए । पछिल्ला केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro