site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाली टेलिफोन र इन्टरनेट बजारमा एनसेलको हिस्सा कति छ ?

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको विदेशी लगानीकर्ता आजियाटा लिमिटेडले बाहिरिने घोषणा गरेको छ । मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर एक बेलायती कम्पनीलाई बेच्ने घोषणा गरेको हो ।

सन् २०१६ मा एक खर्ब ३६ अर्बमा किनेको कम्पनी आजियाटाले ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गर्ने घोषणा गरेको छ ।

एनसेल खरिदबिक्रीबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यसबीच नेपालमा एनसेलको बजार हिस्सा कति छ भन्ने पनि चासोको विषय बनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेल आजियाटा लिमिटेडको भ्वाइस टेलिफोन प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख भन्दा बढी छ ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार भ्वाइस टेलिफोनका क्षेत्रमा एनसेलको बजार हिस्सा ३८.४८ प्रतिशत र नेपाल टेलिकमको ६१.५१ प्रतिशत रहेको छ ।

एनसेलको भ्वाइस टेलिफोन सेवा लिने ग्राहकको संख्या एक करोड ३२ लाख ५४ हजार ६४६ रहेको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमसँग दुई करोड ५ लाख ६६ हजार ५१० भ्वाइस टेलिफोन प्रयोगकर्ता रहेका छन् ।

एउटै व्यक्तिले दुई वटा सिम कार्ड लिने गरेको हुँदा पनि यो संख्या जनसंख्या भन्दा बढी देखिन्छ ।

यस्तै, मोबाइल इन्टरनेटका क्षेत्रमा एनसेलको बजार हिस्सा ३१.६५ प्रतिशत र नेपाल टेलिकमको ६८.३५ प्रतिशत रहेको छ ।

इन्टरनेट सेवातर्फ एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या १७ लाख ९७ हजार ४८० रहेको छ । यस्तै, फोरजी प्रयोगकर्ताको संख्या ७० लाख ५६ हजार ९२५ रहेको छ ।

यसरी एनसेलका कुल इन्टरनेट प्रयोगकर्ताको संख्या करिब ८८ लाख ५४ हजार ३९५ रहेको छ ।

यस्तै, नेपाल टेलिकमका थ्रीजी र फोरजी गरी कुल इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ९१ लाख १७ हजार ९२८ रहेको छ ।

जसमा थ्रीजी प्रयोगकर्ता ५९ लाख २० हजार ८१४ र फोरजी प्रयोगकर्ताको संख्या एक करोड ३१ लाख ९७ हजार ११४ रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro