site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरो–२०२४ ‘ड्र’ : साविक विजेता इटाली, स्पेन र क्रोएसिया एउटै समूहमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । आउँदो वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपमा साविक विजेता इटाली, स्पेन र क्रोएसिया एउटै समूहमा परेका छन् । शनिबार राति गरिएको समूह विभाजनमा इटाली, स्पेन र क्रोएसिया समूह ‘बी’मा परेका हुन् । यो समूहमा यी तीन टिमसँगै अल्बानिया छ ।

यस्तै, समूह ‘ए’मा आयोजक जर्मनीले स्कटल्यान्ड, हंगेरी र स्वीट्जरल्यान्डलाई प्रतिद्वन्द्वी पाएको छ ।

साविक उपविजेता इंग्ल्यान्ड स्लोभानिया, डेनमार्क र सर्बियासँगै समूह ‘सी’मा छ ।

योपटक च्याम्पियनसिपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये २१ टिमको टुंगो लागिसकेको छ । अरू टिम प्लेअफबाट छानिनेछन् ।

बाँकी तीन स्थानका निम्ति प्लेअफमा १२ टिमले खेल्नेछन् । प्लेअफको समूह ‘ए’मा पोल्यान्ड, वेल्स, फिनल्यान्ड र एस्टोनिया छन् । समूह ‘बी’मा इजरायल, बोस्निया–हर्जगोभिना, युक्रेन र आइसल्यान्ड छन् । समूह ‘सी’मा जर्जिया, ग्रीस, कजाखस्तान र लग्जेमबर्ग छन् । तीनै समूहबाट विजेताले युरो–२०२४ मा स्थान बनाउनेछन् ।

युरो–२०२४ आउँदो वर्ष जुन १४ देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्यान्डविरुद्ध खेल्नेछ । प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनमा हुनेछ ।

समूह विभाजन
समूह ‘ए’ : जर्मनी, स्कटल्यान्ड, हंगेरी र स्वीट्जरल्यान्ड
समूह ‘बी’ : स्पेन, क्रोएसिया, इटाली र अल्बानिया
समूह ‘सी’ : स्लोभानिया, डेनमार्क, सर्बिया र इंग्ल्यान्ड
समूह ‘डी’ : नेदरल्यान्ड्स, अस्ट्रिया, फ्रान्स र प्ले अफ ‘ए’ विजेता
समूह ‘ई’ : बेल्जियम, स्लोभाकिया, रोमानिया र प्ले अफ ‘बी’ विजेता
समूह ‘एफ’ : टर्की, पोर्चुगल, चेक गणतन्त्र र प्ले अफ ‘सी’ विजेता

draw-1701584234.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro