site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आउँदो मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरी जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ ।

Dabur Nepal
NIC Asia

यसैगरी बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठनसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यो प्रत्येक तीन/तीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए । २५ गते दिउँसो उपत्यका स्तरीय कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro