site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्छौँ : मुख्यमन्त्री पाण्डे

घोडेपानी (म्याग्दी) । गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीयस्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताएका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समीक्षा कार्यक्रममा सहभागी हुन आज म्याग्दीको घोडेपानी आएका मुख्यमन्त्री पाण्डेले स्थानीयले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व बचाउँदै सडक पूर्वाधार निर्माण गरिने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“चित्रेदेखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि चालु आवमा नै रु तीन करोडको बजेट व्यवस्था गरेर बहुवर्षीय ठेक्का लगाउछौँ,” उनले भने, “घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु ३० लाख विनियोजन भएको छ । थप बजेट व्यवस्था गरेर यसै वर्ष कास्की र म्याग्दीलाई सडकले जोड्छौँ ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले चालु आवमा रु ३० लाख विनियोजन भएको चित्रे घोडेपानी सडकका लागि चालु आवमा रु ३० लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर रु तीन करोडको बहुवर्षीय ठेक्का लगाउने तयारी प्रदेश सरकारले गरेको बताए र

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको र चित्रे घोडेपानी सडक स्तरोन्नतिका लागि गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडाध्यक्ष रामबहादुुर खड्का, गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले अनुरोध गरे । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २३:१३
प्रतिक्रिया दिनुहोस्