site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक छ : शेखर कोइराला
Sarbottam CementSarbottam Cement

नवलपरासी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छौँ, तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।”

देशमा भ्रष्टाचार छ भन्छौँ, तर कहाँ छ ? भन्ने कुरामा पुग्न नसकेको उनको भनाइ छ । कोइरालाले भने, “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएको भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर, भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”

Global Ime bank

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उनको भनाइ छ ।

सङ्घीयता आएको तर अधिकारविहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाइ छ । सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी सङ्घीयताको अनुभुति हुन्छ ? भनी प्रश्न गर्दै नेता कोइरालाले अधिकारसहितको सङ्घीयता लागु गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताए । विसं २०८४ को लागि लिएको मिसन (लक्ष्य)लाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उनले जोड दिए ।

विसं २०८४ को निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले बताए । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !