site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णेलको घरबाट डेढ घण्टामा सुन र नगदसहित २० लाख चोरेर भागेका थिए अम्बर

काठमाडौं । ललितपुर प्रहरीले बिहीबार विभिन्न व्याक्तिको घरमा चोरी गर्ने पाँचजनालाई पक्राउ गरेर सार्वजनिक गर्‍यो । पक्राउ पर्नेहरूमा ललितपुर भैसेपाटीका २३ वर्षीय सविन रोक्का, काठमाडौं नागार्जुनका २७ वर्षीय मनोज नेपाली छन् ।

त्यस्तै, मकवानपुरका राजु भोलन, भक्तपुर सूर्यविनायकका ३९ वर्षीय उमेश श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–३ का अम्बर तामाङ छन् । अम्बरबाहेक पक्राउ परेका चारजना सामूहिकरूपमा चोरी गर्दै हिँड्ने समूह रहेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धविक्रम शाहले जानकारी दिए ।

उनीहरूले ललितपुरको विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने गरेको खुलेको छ । पछिल्लो समय उनीहरूले ललितपुर भैसेपाटी आवासगेट नजिक घर भएका डा. फाहद आलमको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले करिब पाँचहजार अमेरिकी डलर ४२ हजार नेपाली रुपैयाँ र विभिन्न कम्पनीका ल्याप्टप, मोबाइल घडीसमेत बरामल गरेको छ ।

पक्राउ परेको समूहलाई जिल्ला प्रहरी कार्यालय ललितपुरको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । उनीहरूले अन्य ठाउँमा समेत शृङ्खलाबद्ध रूपमा चोरीको घटना घटाएको प्रहरीको आशंका छ ।

पक्राउ परेका अर्का आरोपित दोलखा मेलुङ गाउँपालिका–३ का अम्बर तामाङ भने नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घर फोडेर चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

Money-Chori-1701436348.jpg

चोरी मुद्दामा १३ पटक पक्राउ

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको परिवार ४ मंसिरमा घरमा ताला लगाएर बाहिर गएको थियो । त्यही मौकामा ४० वर्षीय अम्बर तामाङले उनको घरको चाबी नै फोडेर चोरी गरेको खुलेको हो । प्रहरीसँगको बयानमा उनले ४ मंसिरको २ बजे घरभित्र पसेर साढे ३ बजेसम्म उनको घरभित्र राखेका विभिन्न बहुमूल्य गरगहना तथा नगद चोरी गरेर भागेका थिए ।

यादवको घरबाट साढे एक घण्टामा उनले करिब २० लाख बराबरको नगद रकम र सुनका गहना लिएर भागेका थिए । तामाङलाई प्रहरीले चोरी गरेको भोलिपल्ट नै पक्राउ गरेको थियो ।

चोरी गरेर लिएका नगद तथा सुनका गरगहना उनले घरमा लुकाएर राखेको अवस्थामा अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार सुरुमा चोरी गरेको घटनाबारे तामाङले प्रहरीसँग अस्वीकार गर्दै आएका थिए । तर, प्रहरीले चोरी गर्दाको उनको हुलियासहित प्राविधिक विश्लेषण गरेर उनलाई पक्राउ गरेको थियो ।

Laptop-Chori-1701436348.jpg

उनले अस्वीकार गरेपछि उनकी श्रीमतीलाई समेत नियन्त्रणमा लिएपछि उनले घटना स्वीकार्दै चोरीका नगद रुपैयाँ र सुनका गरगहनासमेत फेला परेको हो ।

प्रहरीको अनुसन्धानले उनी पेसेवर चोर भएको खुलाएको छ । उनी यसअघि चोरीकै आरोपमा १२ पकट पक्राउ परिसकेका छन् । पक्राउ परेलगत्तै धरैटी बुझाएर उनी छुट्ने र पुनः चोरीमै संलग्न हुने गरेको प्रहरीको दाबी छ ।

प्रहरीको अनुसन्धानले चोरेरै उनले करोडौँ जम्मा पारेको आंशका गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro