site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरकारीको भाउ छोइनसक्नु ! पाँचवर्ष यताकै महंगो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कीर्तिपुर बस्ने सुनिता केसी बिहीबार बिहानको लागि तरकारी खरिद गर्न नजिकैको खुद्रा पसलमा गइन् । तरकारीको भाउ सोधिन् भाउ सुनेपछि उनी चकित भइन् । उनीमात्रै होइन, अहिले जो कोही पनि तरकारी किन्न बजार पुग्ने चकित पर्ने गरी तरकारीको भाउ अकासिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्याङ्कअनुसार अहिले काठमाडौं उपत्यकामा तरकारीको भाउ पाँच वर्षयताकै महङ्गो भएको छ । 

तर यो रकम किसानको हातमा भने पुग्दैन । ०७० सालयता ०७४ सालसम्मको तरकारीको मुल्य हेर्ने हो भने यसै सिजनमा तरकारीको  मूल्य सबैभन्दा महङ्गो भएको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य अकासिएको तरकारी व्यवसायीको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले अहिले उपभोक्ताको मागअनुसार तरकारी भित्रन नसक्दा मूल्य बढेको बताउँछन् ।

विगतमा तरकारी भित्रिने स्थानहरुबाट पछिल्लो समय राजधानीमा तरकारी आउन छाडेको उनको भनाइ छ ।

Global Ime bank

“केहि समय अघि तरकारीको मूल्य कम भएकोले चितवनका कृषकहरुले तरकारी उत्पादन गरेनन् । त्यहाँबाट तरकारी आउन पाएन,” उनले भने “त्यस्तै धादिङको नौविसे, धार्के, खानीखोला लगायत स्थानहरुमा तरकारी खेति गर्ने क्षेत्रमा इट्टाभट्टा, सिमेन्ट कारखाना निर्माण गरिएको कारणले विगतमा जस्तो काउली, बन्दा, मूला लगायतका तरकारी राजधानी भित्रन सकेन । त्यसैले पनि अहिले तरकारीको मुल्य महंगो भएको हो ।” 

उनले सर्लाही, सुनसरी, धरान, धनकुटा लगायतका क्षेत्रहरुबाट समेत काउली, बन्दा विगतमा आउने गरेको भए पनि अहिले नआएको जानकारी दिए ।

यस्तै पछिल्लो समयमा परेको असिना पानीले राजधानी लगायत छिमेकी जिल्लाहरुमा तरकारीबाली नष्ट गरेकोले त्यसको प्रत्यक्ष प्रभाव परको छ ।

पाँच वर्षको अवधिमा अत्यधिक मात्रामा हरियो धनियाको भाउ बढेको छ । ०७० सालको कात्तिक महिनाकोे तेस्रो हप्तामा प्रतिकिलो धनियाको थोक मूल्य ६५ रुपैयाँ रहेकोमा अहिले २ सय ९० रुपैयाँ बढेर प्रतिकिलो ३ सय ५५ रुपैयाँ पुगेको छ । 

त्यस्तै गएको वर्ष प्रतिकिलो थोक मूल्य ४३ रुपैयाँ रहेको हरियो प्याज अहिले सोही अवधिमा किलोको १ सय २५ रुपैयाँ पुगेको छ । जसमा ८२ रुपैयाँ प्रतिकिलो बढेको हो । 
त्यस्तै पाँच वर्षको मुल्य हेर्दा बन्दाको प्रतिकिलो थोक मूल्यमा ५२ रुपैयाँ, च्याउमा ५० रुपैयाँ, घिउ सिमिमा ४५, भेडे खुर्सानीमा ४०, बरेलामा ३० रुपैयाँ बढेको छ । अहिले ती तरकारीहरुको मूल्य क्रमशः ७२ रुपैयाँ, १५५ रुपैयाँ, ७८, १०५, ४८ रुपैयाँ पुगेको छ । 

यी वाहेक पाँच वर्षको यसै समयको मुल्य हेर्दा अहिले दुई दर्जनबढी तरकारीहरुको मूल्य अकासिएको छ । जसमा भान्टा, मटरकोसा, तितो करेला, लौका, पिँडालु, रायो साग लगायत छन् ।

महासचिव खतिवडाले कालिमाटी तरकारी बजारमा अहिले कम तरकारी भित्रिएको बताउँछन् ।

“प्रतिदिन ८ सय टन तरकारी भित्रिने गरेकोमा अहिले घटेर ५–६ सय टन मात्र आउने गरेको छ,” उनले भने ।  भारतबाट पनि भिन्डी, करेला, लौका, पिरो खोर्सानी लगायतका अफसिजनका तरकारीहरु आयात भइरहेको छ । यद्यपि मागअनुसार पर्याप्त नभएको उनको भनाइ छ । 

तरकारी व्यवसायीहरुका अनुसार गोलभेडा, काउली, बन्दा लगायतका कतिपय तरकारीहरु महङ्गो भए पनि उपभोक्ताले ती तरकारी नै रोज्ने गरेकोले पनि माग बढी हुन गई मूल्यमा प्रभाव परेको हो । मूल्य बढी भएको तरकारीको विकल्प खोज्नुपर्ने महासचिव खतिवडा बताउँछन् ।

“अहिले बजारमा एक किसिमको तरकारीको भाउ अकासिएको छ भने अर्को, काक्रो, स्कुस, बरेला, मूला, आलू लगायतका सिजनेबल तरकारीहरु बिक्री नभएर किसानहरु समस्यामा छन्,” उनले भने ।  उनकाअनुसार अबको केहीदिनमा तरकारीको मुल्य घट्ने अनुमान गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय