site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे : कुलमान
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबैले नकारात्मक कुरा गर्दा सकारात्मक र काम गर्ने व्यक्ति कम हुँदै गएको उनले उल्लेख गरे । उनले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताए ।

Dabur Nepal
NIC Asia

एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्त्वको एक हजार ६१ मेगावाटको अप्पर अरुण योजना अलपत्र परिरहेको उनले सुनाए । एक वर्षसम्म अनुमति नदिएर काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने उनले बताए ।

“नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने ? पोजिटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । मैले पीडा बोलेको हो । जता पनि समस्या छ,” उनले भने, “तराईमा गयो – ट्रान्समिसन लाइनको समस्या, यहीँ नजिकै ट्रान्समिसन लाइनको समस्या । लप्सीफेदीमा मेरोविरुद्धमा नारा लगाइरहेको छ, कसरी काम गर्ने ? वनले काम नै गर्न दिँदैन । एउटा रुख काट्न नसकेर मैले, एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्त्वको ठूलो योजना अप्पर अरुण एक हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ? बन्दैन ।”

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने विषयमा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको जानकारी दिए ।

उनले ‘अन्डरग्राउन्ड’ गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दा समेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरे । नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको उनको भनाइ छ ।

सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला ‘कन्ट्याक्टर’ काम छोडेर भाग्ने अवस्थामा पुगेको उनले उल्लेख गरे । ‘मेरो क्षेत्राधिकारभित्र दिन्नँ’ भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको उनले बताए ।

उनले समन्वयको कमीका कारण ठूला योजना बेवारिसेका रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu