देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनियर टीकाराज राईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीबाट लिएको ८० हजार रुपैयाँ घुससहित राईलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनलाई बूढानीलकण्ठ नगरपालिका–७ बाट नियन्त्रणएको हो ।
उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १९:४६
प्रतिक्रिया दिनुहोस्