site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बिराज भन्छन्– ‘१२ गाउँ’ नेपाली सिनेमा उद्योगकै ठूलो एक्सन चलचित्र हुनेछ  
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र ‘१२ गाउँ’ निर्माणको घोषणा गरेका छन् । 

चलचित्र एक्सन थ्रिलर जानरामा निर्माण हुने उनले जानकारी दिएका छन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा चलचित्र निर्माण हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो नेपाली चलचित्र उद्योगकै अहिलेसम्मकै ठूलो एक्सन मुभी हुनेछ,” बिराजले बाह्रखरीसँग भने, “यसका हामी तयारी गरिरहेका छौँ । ठूलो बजेटमा ठूलो एक्सन मुभी हुनेछ ।” 

चलचित्रको मुख्य भूमिकामा आफू स्वयं रहने बिराजले जानकारी दिए । “मुख्य भूमिकामा म आफैँ हुनेछु, अपोजिटमा को हुनेछ त्यो भने कुरा भइरहेको छ,” उनले भने । 

Global Ime bank

चलचित्र ‘१२ गाउँ’ बिराज स्वयंले निर्देशन गर्नेछन् । “अहिले हामी स्क्रिप्ट र कलाकार छनोटको तयारीमा छौँ,” उनले भने, “यसबारे हामी थप जानकारी दिँदै जानेछौँ ।”    

यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्माण गरेका थिए । यसको निर्देशक बिराज स्वयंले गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement