विदेश
काठमाडौं । हमासले तीन बन्दीको ज्यान गएको बताएको छ । आज एक वक्तव्यमार्फत हमासले इजरायली बम आक्रमणमा परेर उनीहरूको ज्यान गएको बताएको हो ।
हमासको सशस्त्र समूह कसाम ब्रिगेड्सले वक्तव्य जारी गरे १० महिने इजरायली शिशु क्फिर बिबस, उनको चार वर्षीय दाइ एरिल र उनीहरूकी आमा शिरीको ज्यान गएको बताएको हो । गाजामा इजरायलले गरेको बम हमालामा उनीहरू मारिएको हमासको दाबी छ ।
क्फिरको परिवारले पनि आफूहरूले इजरायली सेनाबाट उनको मृत्यु भएको जानबारी पाएको बताएको छ । तर, आफूहरू आधिकारिक पुष्टिको पर्खाइमा रहेको उनीहरूको भनाइ छ ।
तर, कतिपयले हमासले इजरायलमाथि दबाब बढाउन चाल चालेको हुन सक्ने बताएका छन् ।
अल्जजिराबाट ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० २३:४१
प्रतिक्रिया दिनुहोस्