site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु, सातजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कैलालीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । 

घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको गएराति कुटपिटबाट मृत्यु भएको हो । 

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–९, घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेतलाई प्रहरीले पक्राउ गरेको हो । 

लम्कीचुहा नगरपालिका–९, घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro