राजनीति

काठमाडौं । सरकारले इन्जिनियरिङ सेवातर्फको रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकका रूपमा कार्यरत सहसचिव दवाडीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवाको निर्णय गरेको हो ।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले दवाडीसँगै अन्य दुईजनाको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा दवाडीको नाम थियो भने दोस्रो र तेस्रो नम्बरमा सहसचिवद्वय दिनानाथ मिश्रे र रामप्रसाद घिमिरेको नाम सिफारिस भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्