site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआरएनए निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत महिनामा भएको निर्वाचनमा धाँधली भएको भन्दै संघको समानान्तर समितिले पुनः निर्वाचन गराउन माग गरेको छ । धाँधली भएको प्रमाणहरू प्राप्त भएको भन्दै उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन माग गरेको हो । 

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समानान्तर समितिका अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके)ले गत २९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा धाँधली भएको प्रमाण पाएको बताए । 

संघले विज्ञप्ति जारी गर्दै उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य देखिएको छ । यस सम्बन्धमा पहिलो स्पष्टीकरणमा ग्लोबल र लोकल मतपत्रमा नाम फरक भएको भनिएता पनि पछि मतपत्र चेक गर्दा नाममा फरक नभएको देखिएको बताइएको छ । स्पष्टीकरणले सिस्टमप्रति नै झन् गम्भीर आशंका पैदा गरेको विज्ञप्तिमा भनिएको छ । 

सिस्टमको फिचरअनुसार सबै पदाधिकारीको मत संख्या अनिवार्य बराबर हुनुपर्नेमा फरक फरक भएको बताइएको छ । 

“संसारभर रहेका लाखौँ गैरआवासीय नेपालीहरूको भावनासँग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूहविरुद्ध कडा कारबाही गर्न माग गर्दछौँ । त्यस्तै, महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रूपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गर्ने काम मान्य छैन । त्यस्तो काम तुरुन्त बन्द गर्न माग गर्दछौँ,” शर्माले भने ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro