देश
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति भएका सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।
प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीनजना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० २३:१४
प्रतिक्रिया दिनुहोस्