site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चन्द्रगढी विमानस्थलमा जहाज अवतरण गर्नेबेला स्याल देखिएपछि...
फाइल तस्बिर ।

काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल देखिएको छ । जसले गर्दा जहाज अवतरणमा केही ढिलाइ भएको थियो ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीका अनुसार काठमाडौंबाट उडेको बुद्ध एयरको एटीआर–७२ जहाज सोमबार साँझ ६:४८ बजे चन्द्रगढी पुगेको थियो । तर, जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल देखिएको थियो । 

त्यसपछि विमानस्थलले अवतरण रोकेर ‘मिस्ड अप्रोच’ गर्न अनुमति दिएको थियो । स्याल धपाएपछि ६:५८ बजे सामान्य प्रक्रियाबाटै जहाज अवतरण गराइएको खत्रीले बताए ।

"बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल देखियो । 'मिस्ड अप्रोच' भन्ने प्रक्रिया हुन्छ, हामीले मिस्ड अप्रोच गर्न लगायौँ । त्यतिबेलासम्म हामीले गाडीहरू पठाएर स्याललाई धपायौँ, त्यसपछि सामान्य प्रक्रियाबाटै जहाजले अवतरण गर्‍यो," उनले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro