site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना
फाइल तस्बिर ।

काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तर्क्रियामा बोल्दै उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

Dabur Nepal
NIC Asia

उनले महिला–महिलाहरूको बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । महिलाहरूलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि उनको भनाइ छ ।

उनले महिला सांसदहरू धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएको बताउँदै समानुपातिक सांसदहरूलाई होच्याउने काम भएको बताइन् । महिलाहरूलाई राजनीतिको निर्णायक ठाउँमा पु¥याउनुपर्ने धारणा राखिन् ।

उपसभामुखले भनिन्, "धेरैजसो महिला सांसदहरू समानुपातिकबाट आएका छौँ । ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौँ । मलाई लाग्छ हामी निर्णायक भूमिकामा छैनौँ । हामीमा पहुँच छैन । त्यसले गर्दा कति कुराहरू चाहेर पनि हामीले ह्वीपमा एस्, एस् भन्नुपर्छ । कति चित्त नबुझेको कुरामा पनि । महिलाहरू निर्णायक भूमिकामा आउनुपर्छ । पहुँचमा आउनुपर्छ र त्यसमा हामीले बढी लगानी गर्नुपर्छ ।"

उपसभामुख रानाले महिलाहरूलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताइन् ।बालिकाहरूले बीचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उनले यसप्रति पनि ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro