site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास–इजरायलबीचको युद्धविराम अन्तिम दिनमा, लम्ब्याउन दुवै पक्ष इच्छुक

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच बन्दी रिहा गर्न गरिएको चारदिने युद्धविराम अन्तिम दिनमा पुगेको छ ।

युद्धविरामको पहिलो तीन दिनमा हमासले ५८ बन्धक (विशेष गरी बालबालिका र महिला) रिहा गरेको छ । इजरायलले ११७ प्यालेस्टाइनी बन्दी रिहा गरेको सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूहरूले युद्ध अझै केही दिन रोक्न र थप बन्धक रिहा गर्न पहल गरिरहेको बताएका छन् ।

हमास र इजरायल दुवै पक्षले युद्धविराम लम्ब्याउन सकिने सम्भावनाबारे छलफल गरेका छन् ।

सुरुमा गरिएको युद्धविराम सम्झौताको सर्तअनुसार युद्ध रोक्न हमासले प्रत्येक दिन थप १० बन्धक रिहा गर्न आवश्यक छ ।

अमेरिका र कतारको मध्यस्थतामा गरिएको युद्धविरामलाई लम्ब्याउन हमास इच्छुक रहेको बताइएको छ ।

इजरायलको ‘युद्ध मन्त्रिपरिषद्’ले यसका निम्ति प्रारम्भिक सर्त परिवर्तन नहुने जनाएको छ ।

हमासले सोमबार रिहा गर्ने अपेक्षा गरिएका बन्धकको सूची इजरायललाई पठाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले उक्त सूची प्राप्त गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro