site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
९ सांसद जसले ६१ बैठकमै जनाए सहभागिता 

काठमाडौं । सांसदहरूले जनमत पाएपछिको पहिलो काम हो, कानुन र नीति निर्माण तर्जुमा सक्रिय सहभागी हुनु । 

सांसद, सत्ता र जनतालाई जोड्ने सेतु हुन् । नियमित संसद र संसदीय समितिको बैठकमा सहभागी भएर समयसापेक्ष कानुन र नीति तय गर्न सांसदहरूले भूमिका खेल्नुपर्छ । सँगै सत्ताको निगरानी गर्नु र जवाफदेही तुल्याउनु मूलभूत काम हुन् ।

तर, संसदीय दृश्य चाहिँ उदेक लाग्दो देखिन्छ । धेरैजसो सांसद नियमित सदनमा उपस्थित हुँदैनन् । 

Dabur Nepal
NIC Asia

संसदीय अभ्यास र गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदैनन् । आफ्नो कुरा मात्र राख्ने अन्य सांसदको बोली सुन्ने चाहनासमेत देखिँदैन । त्यहीकारण हुनुपर्छ, संसदमा आपत्ति–नियमापत्तिका दृश्य हराएको छ ।
सदन जाने केही समय बस्ने हाजिर गर्ने र ‘टाप’ हान्ने परम्परा मौलाउन थालेको छ । जसलाई ‘हाटा’ सांसद पनि भन्ने गरिएको छ । शीर्ष, पुराना नेता/सांसदहरू झनै सदनमा कम उपस्थित हुने, उपस्थित भएपनि हाजिर गरेर फर्कने परम्परा बनेको छ । 

तर, कतिपय यस्ता सांसद छन्, जो बैठक चलेका सबै दिन उपस्थित हुन्छन् र जनताले दिएको जिम्मेवारी निभाइरहेका छन् ।

२०८० को वैशाख अन्तिम साताबाट सुरू भएको प्रतिनिधिसभाको दोस्रो दोस्रो अधिवेशन १८० दिनसम्म चल्यो । २०८० वैशाख २४ गते आइतबार प्रारम्भ भई कार्तिक १६ गतेसम्म ६१ दिनमा सदनको ६५ वटा बैठक बस्यो ।

६१ बैठकमै सहभागी हुने सांसद 

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसदमात्र छन् । शरणार्थी काण्डले एमालेका टोपबहादुर रायमाझी र हत्याअपराध आरोपी लक्ष्मी महतो कोइरी निलम्बित छन् । 

भ्रष्टाचारको अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङले शपथ नै ग्रहण गर्न पाएका छैनन् ।  संविधानसभा अध्यक्ष समेत रहेका सांसद सुवास नेम्वाङको निधन भएकाले पद रिक्त छ । इलाम– २ बाट प्रतिनिधित्व गर्ने नेम्वाङको स्थानमा उपनिर्वाचन भएको छैन । 

संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाको हाजिरी तथ्यांक हेर्दा सभामुख र उपसभामुखबाहेक ९ जना सांसद मात्र ६१ दिनै प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । 

अर्थात् ३ प्रतिशत सांसदले मात्र सदनको सबै दिनको बैठकमा सहभागिता जनाएको सदनको हाजिरी तथ्यांकले देखाउँछ ।  ६१ दिनकै बैठकमा कांग्रेस सांसद अन्जनी श्रेष्ठ र अम्बिका बस्नेत हुन् । 

यी ६१ दिनमा ६५ बैठक बसेको थियो । अम्बिकाले ६५ वटै वैठकमा आफ्नो सहभागिता जनाएकी छन् । अन्जनीले भने ६३ वटा बैठकमा मात्र सहभागिता जनाएकी छन् ।  उनले जेठ २९ को पहिलो बैठक र असार ६ गतेको दोस्रो बैठकमा सहभगिता जनाएकी छैनन् । 

कांग्रेसकै सांसद रमा कोइराला पौडेल र संगीता मण्डल धानुक पनि ६१ दिन नै सदनमा उपस्थित भएका छन् । २०७९ को निर्वाचनबाट उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पनि ६१ दिनको ६५ बैठकमै सक्रिय सहभागिता जनाएका छन् । 

नेकपा एमालेबाट सांसद रणकुमारी बलम्पाकी मगर, जनता समाजवादी पार्टी नेपाल सांसद रञ्जुकुमारी झा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सांसद रामप्रकाश चौधरी र माओवादी केन्द्र सांसद ज्ञानु बस्नेत सुवेदीले पनि ६१ दिन नै सदनको बैठकमा उपस्थित भएर संसदीय काम–कारबाहीमा आफूलाई अभ्यस्त बनाएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro