site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाका गुप्तचर प्रमुखले दिए राजीनामा
किम क्यु–ह्युन (बीचमा) । फाइल तस्बिर : योन्हाप ।

सोल । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआईएस)का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले कुनै विवरण उल्लेख नगरी जनाएको छ । एनआईएसका अरू दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार यो वर्षको जुनदेखि गुप्तचर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दासँग ती राजीनामा जोडिएको देखिन्छ ।

उत्तर कोरियाले उसको हतियार कार्यक्रमको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्षकक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो ।

पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किम क्यु–ह्युनलाई युनको चुनावी विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो ।

योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआईएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro