site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पीसीएल नर्सको लाइसेन्स परीक्षामा १९ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण 

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिएको पछिल्लो लाइसेन्स परीक्षामा पीसीएलतर्फ १९.३४ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । शनिबार लिइएको परीक्षामा सहभागी एक हजार २७० मध्ये २४६ जना मात्र उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

बीएस्सी नर्सिङतर्फको परीक्षामा भने ४९.३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ४१४ मध्ये २०३ जना उत्तीर्ण भएका हुन् ।

Dabur Nepal
NIC Asia

पीसीएल र बीएस्सी दुवै तहको नतिजा योपटक खस्किएको परिषद्की रजिस्ट्रार शुक्ला खनाल बताउँछिन् । “योपटक पीसीएलको रिजल्ट हेरेर हामी नै छक्क परेका छौँ । गुणस्तरीय जनशक्ति कम उत्पादन भएको हाम्रो बुझाइ छ,” उनले बाह्रखरीसँग भनिन् ।

बीएस्सी नर्सिङको नतिजाबाट पनि परिषद् सन्तुष्ट नभएको रजिस्ट्रार खनाल बताउँछिन् । सो तहमा ८० देखि ९० प्रतिशत नर्स उत्तीर्ण हुँदै आएकामा पछिल्लोपटक नतिजा निराशाजनक रहेको उनको भनाइ छ ।

नर्सिङका दुई कार्यक्रममा यसअघि परिषद्ले लिएको लाइसेन्स परीक्षामा नर्सिङतर्फ ८८.५९ र मिडवाइफ्रीतर्फ ९० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro