site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९औँ स्थापना दिवस तथा २९औँ साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सबै गम्भीर हुनुपर्ने बताए । वनको दिगो व्यवस्थपन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको उनले बताए ।

जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको उनले धारणा राखे । हालै गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु चिन्ताको विषय भएकाले जैविक विविधता वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेकाले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवनरेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro