site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जीवित श्रीमान्‌को मृत्युदर्ता बनाइ श्रीमतीलाई एकल भत्ता दिएपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो समेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी ४५ हजार २२० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मुद्दा दर्ता गरेका अन्यमा निर्मला खत्री रहेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफू जीवित हुँदै आफ्नो मृत्युदर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा तत्कालीन वडा सचिव महत्तोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मलाको जीवित श्रीमान्‌को मृत्यु दर्ता अभिलेख तयार पारेको खुलेको थियो ।

Global Ime bank

महत्तोले सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाउन लगाइ ४५ हजार २२० रुपैयाँ नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएको ठहर अख्तियारले गरेको छ । 

शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग ४५ हजार २२० रुपैयाँ बिगो दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement