अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको आज (बिहीबार) बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोको राजीनामा स्वीकृत गर्दै उनलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।
केसी माछापुच्छ्रे बैंकको ०७४ वैशाख १४ देखि २०७५ पुस २० गतेसम्म अध्यक्षमा थिए । साथै उनी एक सफल युवा व्यवसायीको रूपमा संस्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्थामा पनि आवद्ध रहँदै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १९:२६
प्रतिक्रिया दिनुहोस्