site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चार महिनामा करिब सात अर्बका दुई हजार ७८७ बिजुली गाडी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना (साउन, भदौ, असोज र कात्तिक)मा २७ सयभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् ।

भन्सार विभागका अनुसार चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरका दुई हजार ७८७ ईभी नेपाल भित्रिएका हुन् ।

यसबाट सरकारले दुई अर्ब ९६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चार महिनामा ५० किलोवाट क्षमतासम्मका एक हजार २७९ र ५१ देखि १०० किलोवाट क्षमताका एक हजार ४८१ ईभी नेपाल भित्रिएका छन् ।

यस्तै, २०० किलोवाट क्षमताका १७ र त्यसभन्दा माथिका १० बिजुली गाडी नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro