site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवा खेल्दै गरेका ६ जना पक्राउ, हातहतियार बरामद
फाइल तस्बिर ।

काठमाडौं । कास्कीको पोखरामा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–२२, खाल्सेस्थित चिसाखोलाका ५२ वर्षीय भेषबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गुरुङसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नगद ८० हजार ७९० रुपैयाँ, कौडा १६, जुवा खेलाउन प्रयोग गरिएको अर्थिङ बक्स एक, अर्थिङ तार, स्टेपलाइजर एक, अन/अफ र प्लस/माइनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट दुईथानसहित पक्राउ गरिएको हो ।

प्रहरी टोलीले गुरुङको घर समेत तलासी गरेको थियो । त्यसक्रममा लुकाइराखिएको हर्नेट एक, सोको गोली २४ राउन्ड र म्याग्जिन एकथान  समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro