site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनकुने र बल्खु क्षेत्रमा आज सवारी आवागमन असहज हुन्छ : ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको तीनुकने र बल्खु क्षेत्रमा सवारी आवागमन असहज हुने बताएको छ ।

नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेकोले ती क्षेत्रमा सवारी आवागमन असहज हुने ट्राफिक प्रहरीले बताएको हो ।

“काठमाडौं उपत्यकाको तीनकुने र बल्खु क्षेत्रमा आज विभिन्न कार्यक्रम हुने भएका छन् । जसकारण कार्यक्रमस्थल आसपासको क्षेत्रमा हुन सक्ने सवारी आवागमनको असहजतालाई मध्यनजर गरी अत्यावश्यक कामका लागि मात्र सवारीसाधन लिएर आवातजावत गर्न चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ,” ट्राफिक प्रहरीले भनेको छ ।

अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ । सवारीसाधनको संख्या बढेका कारण नागढुंगा नाका हुँदै उपत्यका भित्रिने सवारीसाधनले भने केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।

बाँकी नाकाहरूको सवारी आवागमन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro