site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रत्येक १० बन्धक छोडेबापत गाजामा थप एक दिन युद्धविराम
गाजाको सिमानामा इजरायली ट्यांक । तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायल र हमासले बुधबार गाजामा युद्धविरामका निम्ति कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् ।

हमासले बन्धकलाई रिहा गर्ने सर्तमा इजरायली पक्ष प्यालेस्टाइनी बन्दीलाई रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायता प्रवेशको अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्तिअनुसार त्यहाँका जेलबाट करिब १५० महिला र किशोर प्यालेस्टाइनी बन्दीलाई रिहा गर्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार हमासले कम्तीमा ५० बन्धक रिहा गर्नुपर्ने बताइएको छ ।

बन्धकलाई चार दिनको अवधिमा सानो समूहमा रिहा गरिनेछ । इजरायलले थप बालबालिकालाई मुक्त गर्न दबाब दिइरहेको छ ।

हमासद्वारा रिहा गरिने प्रत्येक थप १० बन्धकका निम्ति युद्धविराम अर्को एक दिन लम्ब्याइनेछ ।

हमासले घेराबन्दीमा रहेको तटीय इलाकामा ४६ दिनको रक्तपातपूर्ण द्वन्द्वपछि कतारी–इजिप्टियन मध्यस्थतामा बुधबार इजरायलसँग चारदिने युद्धविराम सम्झौताको पुष्टि गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro