site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्राफिक प्रहरीले भन्यो– भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनोस्

काठमाडौं । ट्राफिक प्रहरीले भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो ।

मंसिर ७ गते (भोलि) काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवगमनमा असहजता हुन सक्ने सूचनामा उल्लेख छ ।

“...अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनुहुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।

ट्राफिक प्रहरीले भोलि सवारीसाधन जुनसुकै ठाउँबाट ‘डाइभर्ट’ गर्न सक्ने भन्दै सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

fdasmg-1700645272.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro