देश
काठमाडौं । चितवनमा दुईजनाको शव भेटिएको छ । बुधबार भरतपुर महानगरपालिका–९, मिलनचोकस्थित कल्भर्टमा बोराभित्र पोको पारेर फालिएको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले शवको पहिचान हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको बताए ।
जुटको बोराभित्र एक पुरुष र महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १५:०३
प्रतिक्रिया दिनुहोस्