site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली आक्रमणबाट कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु

गाजा । इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ।

 "मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ," स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उत्तरी गाजामा, बेइट लाहिया सहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र कमल ओडवान अस्पतालमा भएको आक्रमणबाट मंगलबार दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् कैयौं घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरू र स्थानीय प्रत्यक्षदर्शीहरूले बताएअनुसार जबलिया शरणार्थी शिविरको पश्चिम अल–फलौजा क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली हमलाले थुप्रै हताहत भएको बताएका छन् । स्थानीय उद्धारकर्ताहरू उद्धारकार्यमा संलग्न छन् ।

डाक्टर विदाउट बोर्डर्सले प्रेस विज्ञप्ति जारी गर्दै गाजाको उत्तरी भागमा रहेका आफ्ना कामदारहरूसँगको सबै सम्पर्क टुटेको भन्दै त्यहाँको अवस्था गम्भीरू रहेको बताएको छ ।

इजरायली आक्रमणले प्रमुख सञ्चार टावरहरूलाई निशाना बनाएपछि गाजा सहर र यसको उत्तरी क्षेत्रहरूमा केही दिनदेखि सञ्चार अवरुद्ध भएको छ। इजरायल रक्षा बलले मंगलबार विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा गाजामा २५० उड्डयन लक्षित आक्रमण गरेको  जनाएको छ।

अघिल्लो दिन, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सोशल मिडिया प्लेटफर्म ह् मा इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूलाई हटाउन र पूर्वाधार नष्ट गर्न गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियाको घेराबन्दी पूरा गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro