site stats
बाह्रखरी :: Baahrakhari
विदेश
खनिज सम्झौताबाट युक्रेन पछि हट्न खोजेको भन्दै ट्रम्पले जेलेन्स्कीलाई धम्काए !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की खनिज सम्झौताबाट पछि हट्न लागेको आरोप लगाएका छन् । जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गरे युक्रेनको युरोपियन युनियन (ईयू)को सदस्यता प्राप्तिमा खतरा पर्ने देखिए हस्ताक्षर नगर्ने बताएपछि ट्रम्पको भनाइ आएको हो ।

जेलेन्स्की पछि हटे उनलाई ठूलो समस्या आइपर्ने ट्रम्पको भनाइ छ । खनिज सम्झौताको नयाँ संस्करणले संयुक्त लगानी कोषमार्फत अमेरिकालाई युक्रेनको तेल, ग्यास र खनिजप्रति पहुँच गराउने र दुवै देशहरूको राजस्व बाँड्ने प्रावधान रहेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, यस सम्झौताले ईयूको आर्थिक सम्प्रभुतासम्बन्धी नियमको उल्लंघन गर्ने विषय उठेपछि जेलेन्स्कीले खनिज सम्झौताले युक्रेनको ईयूमा सदस्यता प्राप्तिलाई खतरा पारेर हस्ताक्षर नगर्ने बताएका थिए ।

यसैबीच रुसले आफ्नै दुर्लभ खनिज र खनिज सम्झौताको विषयमा अमेरिकासँग छलफल सुरु गरेका बताइएको छ ।

द टेलिग्राफबाट ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्