site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पसँग प्रत्यक्ष परमाणु वार्ताको प्रस्ताव इरानले गर्‍यो अस्वीकार
इरानी राष्ट्रपति मसूद पेजेश्कियन । तस्बिर : एएफपी ।

काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग देशको परमाणु कार्यक्रमबारे प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । अप्रत्यक्ष वार्ताका निम्ति खुला रहने उनले बताएका छन् ।

इरान सिद्धान्ततः वार्ताको विरोधी नभएको उनले स्पष्ट पारेका छन् । तर, वासिङटनले आफ्नो पहिलेको गलत आचरण सच्याएर विश्वासको वातावरण निर्माण नगरेसम्म प्रत्यक्ष वार्ता नगर्ने उनले तेहरानमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बताएका अलजजिराले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि वासिङटनसँग सम्झौता नभए इरानमा बम आक्रमण गर्ने र थप व्यापारिक शुल्क लगाउने धम्की दिएका थिए । “यदि, उनीहरूले सम्झौता गर्दैनन् भने बम प्रहार हुनेछ,” ट्रम्पले आइतबार अमेरिकी टेलिभिजन संस्था एनबीसीसँगको टेलिफोन अन्तर्वार्तामा भनेका थिए ।

ट्रम्पका अनुसार, परमाणु कार्यक्रमबारे सम्झौता नगरेमा चार वर्षअघिझैँ इरानविरुद्ध थप व्यापारिक शुल्क लगाउने सम्भावना छ । दुई देशबीचको यो बयानबाजीले त्यहाँ तनाव बढ्दै गएको अलजजिराले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro