site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाम दुर्घटनाका घाइते तीनजनाको अवस्था गम्भीर
Tiktok banner adTiktok banner ad

विराटनगर । इलाम दुर्घटनामा परेका मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ उपचारार्थ झापास्थित बीएन्डसी अस्पताल लगिएका मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका वडा नं ९ धारापानीका ४० वर्षीय तुल्मा लामा, ६० वर्षीया शान्तामाया तामाङ र ३५ वर्षीय अनिल परियार गम्भीर घाइते छन् । नौजना मध्यम घाइते छन् । बाँकीको अवस्था सामान्य छ । 

इलामको पर्यटकीय क्षेत्र कन्याम भ्रमणमा धनुषाधाम नगरपालिकाको एउटै वडाबाट आफन्त, छरछिमेक र साथीभाइ जम्मा भई घुम्न गएको पाइएको प्रहरीको भनाइ छ । घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरमा सवारी महाशाखामा कार्यरत हवल्दार ४० वर्षीय विरबहादुर मोक्तान पनि घाइते भएका छन् । उनी चार दिनको बिदामा घर गएका थिए । 

घटनामा धनुषाधाम नपा ९ का १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । इलामको कोल्बुङबाट झापातर्फ फर्कने क्रममा ना ६ ख ८४२४ नम्बरको बस राजमार्गबाट ३०० मिटर तल खसेको थियो । बालक रुखमा अड्किएका थिए । उनको उद्धारमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएको थियो । 

Ghaite-1-1700446525.jpg

Ghaita-2-1700446548.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro