
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका मिचेल स्टार्कले छैटौँ सफलता दिलाएका छन् ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले अर्धशतक बनाएका केएल राहुललाई छैटौँ विकेटको रुपमा गुमाएको हो । राहुलले भारतीय टिमको स्कोरबोर्डमा ६६ रन थपे ।
जारी खेलको ४१.४ ओभर समाप्त हुँदा भारतले ६ विकेट गुमाएर २०३ रन बनाएको छ । यसअघि, भारतीय टिमको खातामा कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ५४ रन थप्दा श्रेयस ऐयर र सुभमन गिलले समान चार रन जोडेका थिए । रविन्द्र जडेजा नौ रनमा आउट भए ।
दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।
विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।
प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।