site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध अस्ट्रेलियाले पहिले फिल्डिङ गर्ने 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाले घरेलु टोली भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले फिल्डिङको निर्णय गरे । घरेलु टिमलाई ब्याटिङको निम्तो दिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro