site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिमा प्रवेश गरे बंगलादेशका क्रिकेट कप्तान शकिब 
फाइल तस्बिर ।
SkywellSkywell

ढाका । बंगलादेशका क्रिकेट ‘सुपरस्टार’ शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् । आउँदो जनवरी ७ मा हुने आमनिर्वाचनका निम्ति उनले सत्तारूढ बंगलादेश अवामी लिगबाट उमेदवारीका निम्ति नामांकन माग गरेका छन् ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्न शनिबार पार्टीबाट नामांकन फाराम लिएका छन् । सो निर्वाचन बहिष्कार गर्ने प्रमुख प्रतिपक्षको तयारी छ ।

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवामाझ लोकप्रिय हुनुहुन्छ ।”

KFC Island Ad
NIC Asia

शकिबको उमेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकाको कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गरेका छन् ।

पछिल्ला १५ वर्षदेखि १७ करोड जनसंख्या भएको बंगलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि, विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरे उनी चौथोपटक सत्तामा फर्कने करिब निश्चित छ ।

Royal Enfield Island Ad

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छन् । तर, पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य–मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै, पछिल्ला दुई निर्वाचनमा धाँधली गरेको उनीमाथि विपक्षीहरूले आरोप लगाएका छन् ।

क्रिकेट खेल अत्यन्त लोकप्रिय रहेको दक्षिण एसियामा क्रिकेटरहरू राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन । यद्यपि, खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो ।

पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिमा प्रवेश गरेका थिए । सोही वर्ष उनी सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए । राजनीतिमा ध्यान केन्द्रित गर्न खेल छाड्नुअघि उनले सन् २०१९ को विश्वकपमा बंगलादेशको नेतृत्व गरेका थिए ।

तीनवटै ढाँचामा बंगलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन् । सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आउँदो टेस्ट शृंखला छोड्न बाध्य बनाएको छ । उनलाई विश्वकपमा श्रीलंकाविरुद्धको खेलका क्रममा चोट लागेको थियो ।

सोही प्रतियोगितामा उनले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए । उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलोपटक ‘टाइम आउट’ भएका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro