site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लवको चेतावनी– जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको चाँडै अन्त्य हुन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिए । उनले सामाजिक सञ्जालमाथि प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको उल्लेख गरे ।

जनताको मन जितेर मात्र सत्ता टिक्ने उनले बताए । जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरूको चाँडै अन्त्य हुने उनको भनाइ थियो ।

“अहिले बजारमा हल्ला छ– २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरू कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त,” उनले भने, “हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो । यसरी हुँदैन, कैयौँ मानिसहरू आत्तिएको जस्तो, सत्ता पनि डगमगाएको जस्तो । जनताको मन जितेर पो सत्ता टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु भनेर हुन्छ त ? कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनु पर्दैन ।”

देशमा अब राजतन्त्र फर्कने कुरा सम्भव नरहेको उनले बताए । उनले सम्पूर्ण कम्युनिस्ट एक ठाउँमा उभिनुपर्नेमा पुनः जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro