site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार नछाड्न एमालेलाई आग्रह गरेका छौँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा आफूहरुले नेकपा (एमाले)लाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोसी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे ।

नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउँदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे । उनले गणतन्त्र खराब व्यवस्था नभए पनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे ।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भइरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए । नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिँदै सामाजिक सञ्जालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro