खेल
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएको छ ।
बुधबार वानखेडेमा विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस अय्यरको शतकप्रेरित खेलमा भारतले चार विकेटको क्षतिमा पूरा ५० ओभर खेलेर ३९७ रन बनाएको हो ।
भारतका लागि कोहलीले ९ चौका र दुई छक्काको सहयोगमा ११३ बलमा ११७ रन बनाए । अय्यरले चार चौका र आठ छक्का हानेर १०५ रन बनाए । यसैगरी शुब्मन गिलले ८० रन, कप्तान रोहित शर्माले ४७ रन, केएल राउलले ३९ रन र सूर्यकुमार यादवले एक रन बनाए ।
बलिङतर्फ न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १८:२७
प्रतिक्रिया दिनुहोस्