site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै पूर्णरूपमा बन्द भएन टिकटक, प्राधिकरणका अध्यक्ष भन्छन्– आज पक्का हुन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । अधिकांश प्रयोगकर्ताले निर्वाधरूपमा टिकटक चलाइरहेका छन् । तर, एनटीसी र एनसेलले टिकटक प्रयोगमा रोक लगाइसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने आजै टिकटक पूर्णरूपमा बन्द भइसक्ने बताउँछन् ।

"भायानेटको बन्द भइसक्यो । वर्ल्डलिङ्क र सुबिसुको केही समयमै बन्द हुँदै छ । उनीहरूले काम गरिरहेका छन् । आजै सबैतिर पक्का बन्द भइसक्छ," बाह्रखरीसँग खनालले भने ।

सरकारले सोमबारमात्रै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेलगत्तै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेर टिकटक बन्द गर्न भनेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro