site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटक बन्द गरेर समस्याको समाधान हुँदैन : बालेन शाह
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टिकटक बन्द गरेर समस्याको समाधान नहुने बताएका छन् । उनले टिकटक बन्द नगरेर सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बताएका छन् ।

"अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन," बालेनले फेसबुकमा भनेका छन् ।

उनले आफ्नो पुरानो भिडियोको पनि टिकटकमा दुरुपयोग भएको र तर आफू यसलाई नै बन्द गर्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका छन् ।

के भन्छन् बालेन ?

यदि तपाईंहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरैपटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर 'टिकटक लाइभ' गरेको देख्नुभयो होला । केही समययता मेरो नाममा यस्ता धेरै फेक आईडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

हामीले यस्ता फेक आईडी बन्द गर्न टिकटकलाई पटकपटक अनुरोध गर्‍यौँ ।  नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौँ । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौँ । सबैले प्रयास गर्दा पनि टिकटकले  यस्ता फेक आईडी हटाउने र मिथ्या सूचना रोक्ने  कुरामा ध्यान नदिएको अवस्था थियो ।

मेरो व्यक्तिगतरूपमा धेरै नै फेक आईडीले गर्दा  शुभचिन्तकहरूले दु:ख पाउनुभएको अवस्था थियो  । तर, यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नुपर्छ भन्ने हैन । 

यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।

अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।

अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro