site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको अस्पतालमा मुख्यमन्त्री कार्कीसँग नोकझोक
झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आज बिहान घाइतेको अवस्था बुझ्दै मुख्यमन्त्री केदार कार्की ।‌

विराटनगर । उर्लाबारीको सुन पसलमा भएको आगलागीमा घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बिहान बीएन्डसी अस्पताल बिर्तामोड पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सबै १० जनालाई नेपाली सेनाको बिमानले भद्रपुर विमानस्थलबाट काठमाडौं लग्ने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएर मात्र लैजान दिनु भन्ने अस्पताल कर्मचारीलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रसाईंलाई प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएपछि बिरामी लैजान दिन प्रसाईं सहमत भएका थिए ।

प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीसँग  नोकझोक भएको थियो । तर, उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताउँदै कार्कीले बाह्खरीसँग भने, “प्रकृयागत कारणले केही समय लाग्नसक्छ । उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने हो ।”

संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको कार्कीले बताए ।

लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।‌

प्रदेश सरकारको समन्वयमा थप उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट काठमाडौं लगेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro