site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्राधिकरणका अध्यक्ष भन्छन्– काम भइरहेको छ, आजैदेखि टिकटक चल्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्र पठाएको छ । मन्त्रिपरिषद्को निर्णयपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई नेपालमा टिकटक नचल्ने बनाउन पत्राचार गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

प्राधिकरणकै अध्यक्ष पुरुषोत्तम खनालले भने टिकटक आजै बन्द भइसक्ने बताए । उनले अहिले सेवा प्रदायकले काम गरिरहेकाले अबको केही समयमै टिकटक नचल्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामीले सेवा प्रदायक कम्पनीहरूलाई खबर गरिसकेका छौँ । एनसेल र एनटीसीलाई पनि भनिसकेका छौँ । उहाँहरूले काम गर्दै हुनुहुन्छ । एक–डेढ घण्टाभित्र काम भइसक्छ होला । आजै बन्द हुन्छ," बाह्रखरीसँग खनालले भने ।

सरकारले सोमबार मात्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Global Ime bank

सेवा प्रदायकहरूले वेबसाइट र एपमा पहुँच रोकेसँगै टिकटकको एप र वेब दुवै खुल्ने छैनन् । नेपालमा लाखौँको संख्यामा टिकटकका प्रयोगकर्ता छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement