site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सी र बाइडेनबीच शिखर सम्मेलन,  ‘वैश्विक शान्ति र विकास’ माथि छलफल हुने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनले यसै साता सान फ्रान्सिस्कोमा हुने शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’का बारेमा विचार विमर्श गर्ने बेइजिङले सोमबार बताएको छ ।

“दुवै राष्ट्राध्यक्षले चीन–अमेरिकासँग सम्बन्धित रणनीतिक, सामान्य र दिशात्मक मुद्दाका साथै वैश्विक शान्ति र विकाससँग सम्बन्धित मुख्य मुद्दाहरूमा गहन वार्ता गर्नुहुनेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “चीन प्रतिस्पर्धासँग डराउँदैन । तर, हामी चीन–अमेरिका सम्बन्धलाई प्रतिस्पर्धाका सन्दर्भमा गरिने परिभाषाको विरोध गर्छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसै साता क्यालिफोर्नियामा हुने एपेक शिखर सम्मेलनका अवसरमा बाइडेन र सीबीच करिब एक वर्षमा पहिलोपटक भेट हुँदै छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन–पियरेका अनुसार दुवै नेताबीच थुप्रै द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाको दायराका साथै प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने तरिकाबारे कुराकानी हुनेछ ।

सी–बाइडेन शिखर सम्मेलन बेइजिङ, वासिङ्टन र अन्य स्थानमा शीर्ष अधिकारीहरूबीच हालैका महिनाहरू भएका बैठकहरूको शृङ्खलापछि हुन लागेको हो । यसअघि, सी र बाइडेनबीच सन् २०२२ नोभेम्बरमा बालीमा भेट भएको थियो ।

Global Ime bank

बुधबार हुने बैठकको उद्देश्य दुवै मुलुकबीचको चिसिएको सम्बन्धलाई ‘स्थिर’ बनाउने रहेको भन्दै एक वरिष्ठ अमेरिकी अधिकारीले ठूलो परिणामको आशा नगर्न चेतावनी दिए ।

प्रवक्ता माओले सोमबार अमेरिकासँग चीनको हितलाई नोक्सान पुर्याएर आफ्नै सरोकारलाई जोड दिनुको सट्टा चीनको तर्कसङ्गत चासो र वैध विकास अधिकारलाई इमान्दारीपूर्वक सम्मान गर्न आग्रह गरे । “अमेरिकालाई चीन परिवर्तन गर्न चाहँदैन र अमेरिकाले पनि चीनलाई आकार दिन वा परिवर्तन गर्न खोज्नु हुँदैन,” उनले भने । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय