site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकमा किन प्रतिबन्ध ?

काठमाडौं । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

किन प्रतिबन्ध गरियो ?

सञ्चारमन्त्री रेखा शर्माका अनुसार सामाजिक सद्‌भाव बिथाेल्ने गतिविधि भइरहेकाले टिकटक प्रयाेगमा राेक लगाउने निर्णय गरिएको हो । 

अर्का एकजना मन्त्रीले पनि समाजिक सद्‌भाव बिथोल्ने, सामाजिक मर्यादाविपरीतका अभिव्यक्ति दिने र भल्गर सामग्री राख्ने प्लेटफर्मका रूपमा विकास भएकाले टिकटक तत्काललाई बन्द गर्ने निर्णय गरिएको हो ।

ती मन्त्रीका अनुसार अबको केही घण्टामा टिकटक चल्ने छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro