site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लेबनानबाट इजरायललाई दबाब जारी राख्ने हिजबुल्लाह नेताको घोषणा
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन् । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताएका हुन् । 

टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरायलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरायलमा हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताए । जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो । सशस्त्र समूहले इजरायलको बिरूद्ध कारबाही बढाएको छ । गत हप्तादेखि बुर्कान मिसाइलहरू तैनाथ गर्दै र दैनिक आधारमा ड्रोनहरू पठाउँदै छ । जसमध्ये केही इजरायली सहर हाइफासम्म पुगेका नसरल्लाहले बताए । उनले गाजामा इजरायली आक्रमणलाई समर्थन गरेकोमा अमेरिकाको आलोचना पनि गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, इजरायलले सीमाबाट २० किलोमिटर गहिराइमा रहेको लेबनानी क्षेत्रमा आक्रमण गरेको छ । हिजबुल्लाहको सहयोगी अमल आन्दोलनका एक सदस्यलाई तोपखानामा ज्यान लिएको छ । आन्दोलनका अन्य तीन सदस्यहरू घाइते भएका थिए । जसले १८ घरहरू ध्वस्त पारेको थियो ।दक्षिणी गाउँहरूमा धेरै आगो लागेको थियो । 

यो हत्याले लेबनानी पक्षमा मारिनेको संख्या ९६ पुगेको छ । जसमा हिजबुल्लाहका ७५ सदस्य, अमल आन्दोलन, हमास र लेबनानमा इस्लामिक जिहादका १० सदस्य र फोटो पत्रकारसहित ११ जना सर्वसाधारण छन् । 

Global Ime bank

हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा पाँच हप्ताको लागि तनाव बढेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement